ओलीले शिलान्यास गरेका २ हजार बढी ठेक्का रोक्ने सरकारको निर्णय - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

ओलीले शिलान्यास गरेका २ हजार बढी ठेक्का रोक्ने सरकारको निर्णय



काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उद्धाटन गरेका झन्डै २ हजारभन्दा बढी सडक आयोजनाको नयाँ ठेक्का प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रोक लगाएको छ ।

ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममार्फत एकैपटक १६५ वटा संघीय निर्वाचन क्षेत्रमा तीन वर्षभित्र सडकहरू बनाउन बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गरेका थिए । ओलीले शिलान्यास गरेको सडकका लागि आर्थिक भार उच्च भएको र तत्कालका लागि कामलाई अगाडी बढाउन नसकिने भन्दै देउवा सरकारले रोक्ने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारले पूर्वतयारी नगरी ठूलो आर्थिक भार सिर्जना हुने गरी आयोजना अघि बढाउन खोजेको अर्थ मन्त्रालयको निष्कर्ष रहेको छ । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार १४१० वटा सडक आयोजनामा तत्काल नयाँ ठेक्का नलाग्ने भएको छ ।