सडक सफाईमा सक्रिय युवा क्लब - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

सडक सफाईमा सक्रिय युवा क्लब



राजेन्द्र रावल / बाैनियाँ ,कैलाली ।
कैलालीको बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ का युवाहरु विगत केही दिन देखि अाफ्नाे वडालाई फाेहर मुत्त वडा बनाउने अभियानका साथ सक्रिय रहेका छन् ।

करिब ५० जनाकाे हाराहारिमा रहेकाे युवाहरुकाे त्याे समूह विहानैबाट हातमा कुचाे(फाेहर सफा गर्न) , हसिया ( सडक छेउमा रहेका झार फाल्न) लियर सडक सफा गर्न हाेमिन्छन । साे वडामा रहेकाे पशुपति युवा क्लबकाे सक्रियतामा भैरहेकाे साे कार्यमा वडा प्रतिनिधि,स्थानिय समाजसेवि,राजनीतिक दलका प्रतिनिधि,विभिन्न सामुदायिक बन उपभाेत्ता समुहका प्रतिनिधिहरुले अाफुहरुलाइ सहयाेग गरिरहेकाे क्लबका अध्यक्ष अश्विन कुमार बि.क ले बताए ।

३ नम्बर वडा लाई सफा र सुन्दर वडा वनाउने अाफ्नाे क्लबकाे विगत देखिकाे याेजना रहेकाे वताउदै क्लबका निवर्तमान अध्यक्ष रवि जनालाले साेहि अभिषान लाई क्लबले निरन्तरता दिइरहेकाे वताए । अाफुहरुले सडक छेउ छाउ सफाई गर्ने क्रममा वडा बासिलाई नियमित अाफ्नाे घर अागन र टाेल वस्ति सफाई गर्न अनुराेध समेत गर्ने गरेकाे अध्यक्ष अश्विन कुमार बि.क ले वताए ।

सडक छेउछाउमा गाईगाेरु बाध्नाले सडक दुर्घटना निम्ताउनुका साथै सुन्दरतामा समेत ह्रास अाउने भएकोले अब उपरान्त त्यसाे नगर्न अाफुहरुले अाग्रह गरिरहेकाे अभियानमा सक्रिय लालिगुरास सामुदायिक बन उपभाेत्ता समुहका अध्यक्ष भिम बहादुर कुवरले वताए । क्लबका अनुसार शनिबार बाट सुरु भएको अभियान विहिबार सम्म निरन्तर जारि रहनेछ ।

पशुपति युवा क्लब विगतमा समेत वडा नम्बर ३ भित्र रहेका युवाहरुकाे नेतृत्व र व्यत्तित्व विकास का संगै खेलकुदका क्षेत्रमा समेत विभिन्न कार्यहरु गर्दै अाईरहेकाे एक सक्रिय युवा क्लब हाे ।