राष्ट्रपतिलाई देखाउन पिच गरेको सडक एकै दिनमा भत्कियो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

राष्ट्रपतिलाई देखाउन पिच गरेको सडक एकै दिनमा भत्कियो



काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंग सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ ।

सडकमा वर्षौंदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्र्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ ।

गणेश मन्दिर नजिक खाल्डा पुरेर पिच गरिएको मुशलधारे पानीले पुरै बगाएको छ । नयाँ पत्रिकाबाट