सचेतनाको लागि 'सडक नाटक' - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सचेतनाको लागि ‘सडक नाटक’



मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १२ औँ राष्ट्रिय दिवसको अवसरमा श्री चेली कृषि सहकारीको आयोजना र के.आई. नेपाल, देवदह नगरपालिका र महिला तथा बालबालिका रक्षक समूहको सहकार्यमा रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीमा बृहत् र्‍याली ,सडक नाटक प्रदर्शन र सम्मान कार्यक्रम सप्पन्न गरिएको छ ।

“सङ्घीयताको सार, मानव बेचबिखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यका साथ गरौँ खबरदार” भन्ने मूल नाराकासाथ आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश न.५ रुपन्देहीका सांसद डा.कृष्ण न्यौपाने प्रमुख अतिथि हुनुहुन्थ्यो । देवदह नगरपालिकाका उपमेयर  विद्यालक्ष्मी गुरुङ र के.आई.नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न सहकारी र आमा समूहहरूको उपस्थितिमा भव्यताका साथ उक्त कार्यक्रम सप्पन्न गरिएको थियो । कार्यक्रममा मानव बेचबिखन र लैंगिक हिंसा तथा सबैखाले सामाजिक विभेद अन्त्यका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।

यसै अवसरमा मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै अगाडि बढ्नुभएका देवदहका तीन महिलाहरू उपमेयर विद्यालक्ष्मी गुरुङ,चेली कृषि सहकारीका अध्यक्ष  साबित्रा बस्याल र किशोरी समूहको नेतृत्व गर्दै हाल के. आई. नेपालमा परामर्शकर्ता रही कार्यरत  मनु रानालाई सम्मान गरिएको छ ।

विगत ४ वर्षदेखि के. आई. नेपालले देवदह नगरपालिकामा महिला समूह गठन र परिचालनका माध्यमबाट सयौँ महिला र किशोरीहरूलाई महिला सशक्तीकरण र अायअार्जनका तालिम दिई आत्मनिर्भर गराउँदै आइरहेको छ। यसै गरी समुदायका किशोरकिशोरीले सडक नाटक प्रदर्शन गर्दै कार्यक्रम मार्फत समुदायलाई सचेत गराएका थिए ।