सड्कमा रोकिराखेको ट्रकमा जीप ठोक्किदाँ १२ जनाको मृत्यु - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

सड्कमा रोकिराखेको ट्रकमा जीप ठोक्किदाँ १२ जनाको मृत्यु



नयाँदिल्ली, वैशाख १५ । भारत उत्तर प्रदेशको लखीमपुरको राष्ट्रिय राजमार्ग अन्तर्गग २४ सड्कखण्डमा शनिबार दिउँसो भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भने घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार खचाखच भरिएको जीप सड्कमा रोकिराखेको ट्रकमा ठोक्किदाँ सो घटना भएको हो । घटनामा परि दुई वर्षकी शिशु बचेकी छन् तर उनकी आमाको भने मृत्यु भएको छ ।

जीप यात्रुहरु लिएर शाहजहांपुरबाट सीतापुर जादै थियो । लखीमपुरको थाना पस गाउँमा भएको घटना विहान ९ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घाइते ८ जनालाई शाहजहांपुर जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको थियो । तीमध्ये तीन जनाको अस्पतालमा मृत्यु भएको हो । बाँकीको उपचार भइरहेको छ बताइएको छ ।

के कारणले घटना भयो एकन नभएपनि ड्राइभर निदाउँदा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।