सडकमा पशुचौपायाहरु बाँधेर स्थानीयको रजाई - Himal Post Himal Post
  • ११ बैशाख २०८२, बिहीबार
  •      Thu Apr 24 2025
Logo

सडकमा पशुचौपायाहरु बाँधेर स्थानीयको रजाई



ललित जाग्री/देवकलिया, कैलाली

कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियाको त्रिवेणी टोलीका केहि स्थानीयले सडकमा गाई, गोरु र भैंसी लगायतका पशुचौपायाहरु बाँधेेर सडकमा आफ्नो रजाई गर्दै आएका छन् । स्थानीयले आफ्नो घरको अगाडीको सडकमा आफ्ना गाई, गोरु, भैंसी बाँधेर सडक लाई गोठको रुपमा प्रयोग गरीरहेका छन् ।

त्रिवेणी टोलीमा केहि महिनामा अघि मात्र ग्राभेलको काम सम्पन्न भएको भए पनि बर्खामा सडकको छेउमा पशुचौपायाहरु बाँध्ने गरेकोले पुन सडकमा खाल्डा पर्न थालेका छन् । उक्त सडकमा उपभोक्ता समितिकै पदाधिकारी बाटै पशुचौपायाहरु बाँध्ने काम भइरहेको छ ।

स्थानीयहरूले बिहान उज्यालो हुने बित्तिकै आफ्नो पशुचौपाया सडकमा बाँध्ने र साँझ अध्याँरो भए पछि मात्र गोठमा बाँध्ने गरेका छन् ।

अहिले ग्राभेल सडकमा पनि ठाउँ ठाउँमा खाल्न पर्न थालेका छन् । सडकमा स्थानीयको रजाई गर्दा सडक ग्राभेल भए पनि बालुवामा पानी हाले बराबर हुने देखिएको छ । यस अधि ग्राभेल गरेको सडक खण्डको पनि दुरावस्थाले गर्दा स्थानीय हैरान भएका छन्।