बालुवाटारमा सुरू भयो सचिवालय बैठक
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
अघिल्लो बैठकले तय गरे अनुसार आजको बैठक पार्टी मुख्यालयमा बस्ने भनिएपनि अन्तिम समयमा सुरक्षाको कारण देखाएर बालुवाटारमै सारिएको छ
स्रोतका अनुसार अन्तिम समयमा पनि धुम्बाराहीमा बैठक बस्न नेताहरूले कर गरेपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बैठक बालुवाटारमै सुरु भएको हो ।