नेकपाको सचिवालय बैठक बस्दै: के के छन् एजेण्डा ? - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

नेकपाको सचिवालय बैठक बस्दै: के के छन् एजेण्डा ?



काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

पहिलो पटक पूर्व माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा आज सचिवालय बैठक बस्न लागेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।

शुक्रबारका लागि डाकिएको बैठक आकस्मिक रुपमा स्थगित गर्दै आज (आइतबार)का लागि सारिएको थियो । आज बस्ने बैठकमा भदौं २६ गते स्थायी समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयनका विषयमा छलफल हुने भएको छ।

उक्त बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्दै अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्वय गर्ने भन्ने उल्लेख गरिएकाले यसैको वरिपरी रहेर छलफल चलाइने छ ।

यस्तै आजको बैठकमा स्थायी समिति बैठककै निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनलगायत प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने विषयमा छलफल पनि छलफल हुने भएको छ ।

पेरिसडाँडामा बैठक बस्ने तय भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडामा भौतिक दुरी कायम गरेर टेबुल, कुर्सी लगायत आवश्यक व्यवस्थापन मिलाइएको छ ।