विष्णु पौडेललाई केक खुवाएर सुरू भयो सचिवालय बैठक
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा सचिवालय बैठकमै केक काटेर सेलिब्रेसन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकअघि केक काटिएको हो ।
पार्टीमा तनाव भैरहेका बेला सचिवालय बैठककै दिन परेको पौडेलको ६२ औँ जन्मदिन विशेष बनेको छ । महासचिव पौडेललाई जन्मदिनको अवसरमा नेकपा सचिवालय बैठकमा सहभागि सबैले एकसाथ शुभकामना दिएका थिए ।
नेकपाको सचिवालय बैठक पौडेललाई जन्मदिनको शुभकामना दिंदै सुरू भएको बताइएको छ । पौडेलसहित नेकपालाई समेत शुभकामना दिएको बतैएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपाध्यक्ष वामदेव गौतमले पौडेललाई केक खुवाएर जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरे ।