सचिवालय बैठक: मन्त्रिमण्डलको कुरै भएन, डा. केसीका माग पुरा गर्ने - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

सचिवालय बैठक: मन्त्रिमण्डलको कुरै भएन, डा. केसीका माग पुरा गर्ने



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार दिउँसो बसेको बैठकमा डा. गोविन्द केसीका बारेमा छलफल भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीलाई अनसन तोड्न सरकारले गरेको प्रस्ताव पेश गरेको जानकारी दिए ।

‘डा. केसीलाई अनसन तोड्न आग्रहसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा पेश गर्नुभयो । उहाँका माग पूरा गर्न सरकार तयार छ । अन्य विषयमा कोरोनाको संक्रमणपछि हामीले सबै विषय टुंगोमा पुर्याउँछौं’, उनले भने ।

प्रवक्ता श्रेष्ठले यसअघि नै निर्धारित एजेण्डाबारेमा छलफल भएको र सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्नेबारे पनि छलफल भएको जानकारी दिए ।

‘यसअघिको सचिवालय बैठकमा विर्धारित विधिको एजेण्डाबारे संवैधानिक राजनीतिक नियुक्तीकाबारेमा छलफल भयो । छिट्टै सबै एजेण्डाबारे छलफल गर्नेबारे छलफल भयो’, उनले भने ।

त्यस्तै आजको बैठकमा मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले राजदूत नियुक्तीबारे प्रारम्भिक छलफल भएको जानकारी दिए ।

‘मन्त्रिमण्डल पुर्नगठनबारे कुनै छलफल भएन । प्रधानमन्त्रीले पनि यसबारे केही भन्नुभएन । दुई वटा अध्यक्षहरुले गृहकार्य गर्नुभएको हुनसक्छ । अहिलेसम्म उहाँहरुले गृहकार्य गरिरहनु भएको छ’, उनले भने ।