सचिन पायलट लगायत तीन मन्त्रीहरु बर्खास्त
एजेन्सी- भारतीय काँग्रेस पार्टीभित्रको विवाद छताछुल्ल भएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतको पक्षमा धेरे विधायक देखिएपछि उपमुख्यमन्त्री सचिन पायलट संकटमा परेका थिए ।
भलै उनले पार्टीलाई आफ्नो माग पुरा गर्न दबाब दिएपनि पार्टीले नै उनलाई बर्खास्त गर्ने निर्णय गरेको छ । सचिन पायलट लगायत तीन मन्त्रीहरु बर्खास्तीमा परेका छन् । प्रदेश कांग्रेस अध्यक्ष पद पनि खोसिएको छ ।
२५ जना विधायक लिएर दिल्लीको रिसोर्टमा बसेका उनलाई पार्टीले कारबाही गरेको हो । योभन्दा पनि ठुलो सचिन पायलट र उनको परिवारको गान्धी परिवारसँग निकै निकटको सम्बन्ध रहेको थियो ।
यो घटनाले गान्धी परिवार पनि सचिनसँग रुष्ट भएको बताइएको छ । सचिलले केही पाउने आश गर्दा धेरै कुरा गुमाएको बताइएको छ ।