सचिव र सहसचिवको विदेशमा: कोही लण्डन, कोही भारत ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

सचिव र सहसचिवको विदेशमा: कोही लण्डन, कोही भारत !



काठमाडौं : खानेपानी सचिव गजेन्द्र ठाकुर मन्त्रिपरिषद्को अनुमति नै नलिई निजी कम्पनीको निमन्त्रणमा बेलायतको लण्डन हिंडे। उनले लण्डन जानुअघि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए, खानेपानी मन्त्री बिना मगरको अनुमतिले। तर मन्त्रिपरिषदले स्वीकृत गरेन।

सचिव ठाकुर यही भदौ १९ गतेदेखि सातदिने यात्रा टुंग्याएर मन्त्रालयमा हाजिर भए।

मन्त्रिपरिषद्ले ठाकुरको विदेश यात्रालाई अस्वीकार गरेपछि उनले अफ्नो हाजिर कपीमा ‘भैपरी आउने र पर्व’ बिदा लिएको जनाएका छन्।

रातो पासपोर्ट लिएर लण्डन गएका सचिव ठाकुरले भैपरी र पर्व बिदा लिए। मन्त्रिपरिषद्ले उनको यात्रा अस्वीकार गरे पनि उनले आपैmले आप्mनो बिदा स्वीकृत गराउन बाध्य भए।

निजामतीमा विभागीय प्रमुखले आप्mनो भैपरी तथा पर्व बिदा आपैmले स्वीकृत गर्न पाउँछ। तर सचिव ठाकुरले रातो पासपोर्टको बेइज्जत गरेको टिप्पणी मन्त्रालयमा यतिखेर व्याप्त छ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई बिदा स्वीकृत नगराई क्यानडा जान लागेको भन्दै विमानस्थलबाटै अपहरण शैलीमा पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो।

कुरा यत्तिकैमा सकिंदैन। सचिव नै अनुमति नलिई विदेश गएपछि उनकै सिको गर्दै मन्त्रालयका पाँच, पाँच सहसचिव एकै पटक ओम शान्तिको यात्रामा भारत हिंडेका छन्। सचिव ठाकुर लण्डनबाट नफर्कंदै उनीहरु ओमशान्ति गएका हुन्।

खानेपानी मन्त्री बिना मगरले सोमबार मन्त्रालयमा आयोजित साप्ताहिक बैठकमा ‘जनताले महसुस गर्ने गरी कामको नतिजा निकाल्न’ मातहतका विभागीय प्रमुखलाई निर्देशन दिएका बेला मातहतका पाँच, पाँच सहसचिव एक सातादेखि अनुुपस्थित थिए।

‘सचिवै अनुमति नलिई विदेएिपछि पाँच, पाँच सहसचिव एकैपटक ओम शान्ति यात्रामा, अनुशासन कसले सिकाउने ?’ मन्त्रीले निर्देशन दिएपछि मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसित भने।

बाह« दिने लामो यात्रामा भारतको माउन्ट अबुस्थित ओम शान्ति पुगेका मन्त्रालयका सहसचिवमा खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्य कँडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आशिष घिमिरे, खानेपानी विभागका प्रशासन हेर्ने उपहानिर्देशक मनोज घिमिरे, खानेपानी विभाग अन्तर्गतको सहलगानी खानेपानी आयोजना प्रमुख विद्या भट्टराई र मन्त्रालयका योजना महाशाखाका सहसचिव ज्योतिकुमार श्रेष्ठ छन्।

खानेपानी विभागको संगठनात्मक संरचना हालसम्म स्वीकृत भएको छैन। त्यही भएर स्थायी कर्मचारीले साउन र भदौको तलब पाएका छैनन्। ‘दशैंअघि तलब खाने सम्भावना पनि देखिएको छैन,’ एक अधिकारीले भने, ‘जिम्मेवार सहसचिवको यो चाला छ।’

मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव टोलराज उपाध्यायले सहसचिवले सम्बन्धित विभागीय प्रमुखबाट बिदा स्वीकृत गराएको बताए। ‘कहाँ जानुभयो थाहा छैन, तर सम्बन्धित विभागीय प्रमुखबाट बिदा स्वीकृत भएको देखिन्छ,’ उपाध्यायले भने।

खानेपानी सचिव गजेन्द्र ठाकुरको बेलायत यात्रा मन्त्रिपरिषद्ले अस्वीकार गरेपछि हाजिरी कपीमा भैपरी र पर्ब बिदा यसरी जनाए। अन्नपुर्ण पोष्टमा खबर छ