नेपाली काँग्रेसका पार्टी सभापतिलाई खुल्ला पत्र - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

नेपाली काँग्रेसका पार्टी सभापतिलाई खुल्ला पत्र



सम्माननिय शेर बाहादुर देउवा ज्यु
सभापति
नेपाली काँग्रेस केन्द्रीय समिति ।
जय नेपाल

मोहदय,

सभापति ज्यु आज यसै समाजिक सञ्जाल को माध्यमबाट हजुर समक्ष नेपालको समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर खुल्ला पत्र लेख्ने र केही प्रश्नहरू राख्न गइरहेको छु ।

मुलुक सबैलाई प्यारो लाग्छ , मुलुक रहे हामी रहन्छौ , मुलुकमा जनता सर्बमान्य हुन्छन् । यी बाक्यान्सहरु पटक पटक हजुरका मुखारबिन्द बाट सुन्न पाइएको छ । हामीलाई तपाईँ प्रति आशा र भरोसा छ , त्यो पनि हजुर नेपालको प्रजातान्त्रिक बिचारबाट अगि बढेको बि पी को समाजवादी चिन्तन बोकेको जनताको पार्टी नेपाली काँग्रेसको सभापति जस्तो गरिमामय पदमा हुनुहुन्छ । वर्तमान नेपाली राजनीति सङ्कट तिर केही प्रश्नहरू हजुर समक्ष राख्दैछु ।

सम्माननिय सभापति ज्यु , म दसौ माहाधिबेशन देखि नेपाली काँग्रेसको क्रियाशील सदस्य छु । मलाइ लाग्छ म काँग्रेस हुनुमा गर्व गर्छु किन भन्दा काँग्रेस नै देशको परिबर्तनकारी नेतृत्वको महत्त्वपूर्ण भूमिकामा रहयो र जनताले पटकपटक काँग्रेसलाई विश्वास गरे र सरकारको नेतृत्व पनि सुम्पे जस्म तपाईँ पटकपटक प्रधानमन्त्री बन्नुभयो । देशको नेतृत्वमा रहदा हजुरबाट केही राम्रा कामहरू भए भने केही निकै सङ्कट निम्ताउने कामहरू पनि भए जस्तै नेपाली काँग्रेसको बहुमतीय सरकार तत्कालीन राजाका सामुन्ने आत्मसमर्पण भयो त्यति मात्र काहा होर गौरवशाली जनताको पार्टी नेपाली काँग्रेस फुटाउनु भयो त्यतिखेर सच्चा कार्यकर्ताको मन पिडाले छिया छिया भएको थियो तर पनि ११ माहाधिबेशनमा हजुरको घर वापसिले फेरि काँग्रेस जनमा उत्साह छयो ।

१३ औ माहाधेबशनमा हजुर पार्टी सभापति बन्नु भएपछि हामी कार्यकर्तामा आशा र निराशा दुवैले जन्म लियो । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्व नेपालको संविधान २०७२ घोषणा भयो । कम्युनिस्टहरुको केही गलत नीतिका कारण राष्ट्रलाई निकास दिन नेपाली काँग्रेस निकै लचिलो बनेको देखियो । हिन्दुराष्ट्र बाट देशलाई धर्मनिरपेक्षता तिर उन्कुख बनाइयो , सङ्घीयता लादियो जातियता र क्षेत्रीयताको आधारमा नेपाली जनतालाई बिखण्डन गर्न खोजियो । सभापति ज्यु, के यी विविध राष्ट्रिय जनसरोकारका विषयहरूमा राजनीतिक हस्तक्षेप उचित थियो या विदेशीको इसारामा राष्ट्रलाई बिखण्डनतिर उन्मुक्त बनाउन खोजिएको छ , सभापति ज्यु यो विषयमा हजुरमाथि पानी गम्भीर प्रश्नहरू तेर्सियका छन् । अहिले मुलुकमा सङ्घीयताको नाउमा प्रदेशहरू छुट्टाछुट्टै बिकन्द्रीकरण गरिएको छ । गणतन्त्रको भाडतन्त्र मच्चाउने कार्य भएको छ । मधेसी र पहाडी को नाममा देशलाई गृहयुद्धको भुमरिमा फसाउने काम भएको छ । राष्ट्रिय पोशकको सरकार नेतृत्व बाटनै अपमान भइरहेको छ । राष्ट्रिय भाषामा भारतीय राष्ट्रिय भाषा हिन्दी भाषालाई महत्त्व दिन खोजिएको छ । छिमेकी देश भारतका सामु लम्पसार पर्नु आफ्नो स्वाभिमान र सार्बभौमसत्ता माथि भारतको हस्तक्षेप सहनु हो ।

सभापति ज्यु, देशमा जनता मालिक हुन र तपाईहरु जनताको सेवक हो । जननायक बि. पी. ले भन्नुभएको छ देशको नीति र कानुन बनाउदा गाउमा रहने कृषक मजदुर र बौद्धिक समाजको बिचार महत्त्वपूर्ण हुन्छ तर सभापति ज्यु तपाईँमा अलिकति पनि बि पी को बिचार देखिएन । किन तपाईँ बि पी को बिचार भन्दा फरक बिचार राख्नु हुन्छ । आज पाँच नम्बर प्रदेशमा जनता सडकमा छन् । जनता भन्छन् हामी मिलेर बसेका छौ चाहे मधेसी होस या पाहाडी हामीमा एकता विश्वास र शान्ति छ हामीलाई आपसमा लडाएर त्पाइहरुले के पाउनुहुन्छ, यो जनताको आवज हो । जनताको आवज लोकतान्त्रिक पद्धतिमा निकै महत्त्वपूर्ण रूपमा लिने गरिन्छ ।

सभापति ज्यु, जनता जनतामा विकृति ल्याउने काम त गर्नु भएननि । एउटा विदेशी लाई रिजाउन नेपाली जनताको घाटिमा छुरा हान्ने काम नगर्नुस । भारतलाई खुसी बनाएर हजुरका स्वार्थ त पूरा होलान् तर जनतामाथि भने घात हुनेछ । आज पाच नम्बर प्रदेशको मात्र कुरा होइना सारा नेपाली जनताको मौलिकता सार्बभौमिक्ता र स्वतन्त्रता को कुरा हो । जनताले जनप्रतिनिधि बनाएर तपाइहरुलाइ प्रतिनिधि सभामा पठाउनुको मुख्य कारण जनताका यी तीन सरोकारवाला विषयको संरक्षण हो । तर तपाईँहरू जनताका वाक स्वतन्त्रता माथि प्रतिबन्द लगाउदै हुनुहुन्छ के यो जाएज हो ।
निरङ्कुश नबन्नुस जनताको नेता बन्नुस ताकी काँग्रेस हौ भनेर छाती फुलाउन पाइयोस ।
जय नेपाल !!
(योगेन्द्र गौतम
नेपाली काँग्रेस)