काँग्रेस सभापति ज्यु केन्द्रीय समिति केका लागि ? - Himal Post Himal Post
  • ४ श्रावण २०८२, शनिबार
  •      Sat Jul 19 2025
Logo

काँग्रेस सभापति ज्यु केन्द्रीय समिति केका लागि ?



योगेन्द्र गौतम

नेपाली काँग्रेस आज हर नेपाली जनताको पार्टी बन्न सक्नु पर्दछ भन्ने आम कांग्रेसी कार्यकर्ता को भनाई हो । समाजवादी चिन्तन र आम स्वतंत्रता को नीति लिएर प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ले नेपाली काँग्रेस लाई आम नेपाली जनता मा आस्था को नेतृत्व लिनु भयको वाहाको आत्मबृतान्त बाट प्रस्ट हुन्छ । लोह पुरुष गणेश मान सिह , क्रांति नायक गिरिजा प्रसाद कोइराला र संविधान का पिता सुशील कोइराला सम्म बि पी बिचार बाट सुसज्जित राष्ट्र र जनता को हित मा नेपाली काँग्रेस को निर्णय आउने गर्दथियो तर तेह्रौ महाधिवेशन पश्चात् भने जन पक्षिय निर्णय हरू दिन काँग्रेस असमर्थ जस्तै देखिन्छ ।

वर्तमान मा सभापति आदरणीय दाजु श्री सेर बहादुर देउवा ज्यु हुनु हुन्छ वाहा एउटा दुर्गम क्षेत्र को नेतृत्व गर्दै विद्यार्थी राजनीति बाट यात्रा मा सफलता भोगदै नेपाली काँग्रेस को नेतृत्वमा पटक पटक देशको प्रधानमंत्री बनी सक्नु भयो तर देश चलाउदा र पार्टी चलाउदा कति अंतर हुन्छ यो पनि वाहा ले बुझेकै हुन पर्दछ । हरेक नेपाली काँग्रेस भित्र आम कार्यकर्ता एकात्मक होइन बहुआत्मक निर्णय चाहन्छन जुन निर्णय ले देशको राजनीति मा प्रभाव परोस । मुलुकको राजनीति क्षेत्र मा नेपाली काँग्रेस को निर्णय निकै महत्त्वपूर्ण हुन्छ । काँग्रेस को निर्णय बिना नेपाली राजनीति ले महत्त्व पाउदैन । हरेक नेपाली जनता काँग्रेस को निर्णय आउने अपेक्षा गरिरहेका हुन्छन् किन भन्दा काँग्रेस ले नै मुलुकमा सङ्कटको निकास मा अहम भूमिका निभाएको हुन्छ ।

नेपाल को संदर्भ मा कम्युनिस्टहरु असफल भैसकेका छन् । यो समयमा नेपाली काँग्रेस भित्र एकात्मक र सकारत्मक निर्णयहरू हुन अत्यंत आवश्यक छ । सरकार को नेतृत्व मा माओवादी पूर्ण जन पक्षिय हुन सकेको छैन यस्तो अवस्थामा सहयोगी दल नेपाली काँग्रेस भित्र जनता का सरोकार का विषय हरू लाई सम्बोधन गर्न सक्षम हुन पर्दछ । काँग्रेस को दबाब का कारण अंतत सरकार ले स्थानीय निर्वाचन को मिति तोकेको छ यो निकै सकारत्मक कदम हो । एक पटक फेरी जनताको आस्थाको केन्द्रबिन्दु मा नेपाली काँग्रेस छ भन्ने समाजिक सञ्जाल हरुमा आम नेपाली जनताको समर्थन ले प्रस्ट पार्दछ र अहिले स्थानीय तहमा काँग्रेस को विजय सुनिश्चित देखिन्छ । तर जनताको भावना को कदर गर्दै स्थानीय तह बाट नै काँग्रेस ले आफ्नो उम्मीदवार हरू छनौट गर्नु पर्दछ ताकी केन्द्र को कुनै हस्तक्षेप नहोस ।

लोकतंत्रलाई तल्लो तहदेखि सबल, सामबेशी र सहभागितामुलुक प्रतिनिधित्व गर्दै आम नागरिक को मौलिकता सार्वभौमिकता र स्वतंत्रता माथि रक्षात्मक नेपाल को संविधान लाई कार्यन्वयन गर्न पनि स्थानीय तहमा नेपाली काँग्रेस को विजय हुन आवश्यक छ यो निकै महत्त्वपूर्ण विषयको रूपमा आम जनता ले महसुस गरेका छन् भने काँग्रेस नेतृत्व पनि आम नेपाली जनता को भावना अनुरूप कार्य गर्नु पर्दछ ताकी नेतृत्व आलोचना को सिकार हुन नपरोस ।