संसद अवरोध हटाउन सभामुखले बोलाइन् शीर्ष नेताको बैठक - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

संसद अवरोध हटाउन सभामुखले बोलाइन् शीर्ष नेताको बैठक



काठमाडौं, ३ पुस,

संसदको गतिरोध अन्त्यको लागि सभामुख ओनसरी घर्तीले तीन दलको बैठक बोलाएकी छन् । सोमबार बिहान एघार बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरिएको छ।

संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संशोधन प्रस्ताव संसदको कार्यसूचीमा पर्न सकेको छैन ।

‘संसदलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन हुँदैन भनेर भोलि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाइएको हो,’ सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले भने, ‘बैठकमा संसदको गतिरोध अन्त्यको पहल हुन्छ ।’

सभामुख घर्तीले यसअघि पनि सहमतिको पहल गर्दै आएकी थिइन् तर दलहरुको आ-आफ्नै अडानका कारण उनको प्रयास सफल हुन सकेको छैन ।