सभामुखले सर्वोच्चलाई भने: राष्ट्रपति र प्रधानमन्त्रीसँग नैतिकता र निष्पक्षता रहेन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सभामुखले सर्वोच्चलाई भने: राष्ट्रपति र प्रधानमन्त्रीसँग नैतिकता र निष्पक्षता रहेन



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् । सभामुख सापकोटाले जवाफ पठाउँदै राष्ट्रपति र प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएका छन्।

सभामुख सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीले संवैधानिक नैतिकता, निष्पक्षतावाद, सुशासन, संस्कार, विश्वासको वर्खिलाफ प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

सभामुख सापकोटाले बिहीबार महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा संविधानो धारा ७६(५) अनुसार १ सय ४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दावी गरेको अवस्थामा क्षेत्राधिकारभन्दा बाहिरको प्रश्न उठाएर प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरेका छन् ।

सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्र भएको बताउँदै राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नभएको जिकिर गरेका छन् ।

यस्तो छ सभामुखले पठाएको जवाफ