सभामुखले गरे सरकारको प्रस्ताव अस्विकार: एमसीसीलाई संसदमा लैजान सकिन्न - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

सभामुखले गरे सरकारको प्रस्ताव अस्विकार: एमसीसीलाई संसदमा लैजान सकिन्न



काठमाडौं- बाहिर चर्को बहस भैरहेको एमसीसीलाई संसदमा लैजान प्रधानमन्त्री शेरबहादुर देउवाले जोडबल गरिरहेका बेला सभामुख अग्नि प्रसाद सापकोटाले भने प्रस्ताव अस्विकार गरेका छन् ।

सभामुख अग्नि सापकोटालाई भेटेर कानूनमन्त्रीले राखेको एमसीसी टेबल गर्ने प्रस्ताव सभामुखले अस्विकार गरेका हुन् । सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूले सभामुख सापकोटालाई आइतबार भेटेर सो प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावपछि सभामुखले एमसीसी जस्तो विषयमा अहिले छलफल हुन नसक्ने बताएको स्रोतले जनाएको छ । एमसीसीबारे बाहिर बहस गरेर नहुने भन्दै उनले संसदमा बहस गराउन सभामुखलाई आग्रह गरेका हुन् । सभामुखले भने संसदमा अहिले छलफलको वातावरण नभएको बताएका थिए ।

संसदमा बहस गराऔं भन्ने कानून मन्त्रीको प्रस्ताव आए पनि सभामुखले अहिले संसद अवरुद्ध रहेकाले सरकारले पहिले संसदको अवरोध खुलाउनुपर्ने त्यसपछि राष्ट्रिय सहमति कायम गरेर मात्र एमसीसी संसदमा लैजान सकिने जवाफ दिएको सभामुख निकट स्रोतले जनाएको छ ।