सभामुखलाई काउन्टर महाभियोग लगाउन एमालेले थाल्यो तयारी - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

सभामुखलाई काउन्टर महाभियोग लगाउन एमालेले थाल्यो तयारी



काठमाडौं । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि काउन्टर महाभियोग लगाउने भएको छ ।

यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाइसकेको छ । एमालेका एक नेताका अनुसार सभामुख अग्नि सापकोटा र परमादेश जारी गर्ने अन्य चार न्यायाधिश माथि एमालेले महाभियोगको तयारी गरेको छ ।

ति नेताका अनुसार त्यहि बिषयमा छलफल र हस्ताक्षरका लागि एमालेले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

ति नेताका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुखविरुद्ध महाभियोग ल्याउने बारेमा निर्णय गर्ने तयारी छ ।