सर्वदलीय बैठक सकियो: सभामुख बैठकबाट निस्किए - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सर्वदलीय बैठक सकियो: सभामुख बैठकबाट निस्किए



काठमाडौं- संसद विघटनबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय वैठक सकिएको छ । संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक डाकेर छलफल गरेका थिए ।

बैठक सकेर सभामुख निस्केका छन् भने विपक्षी नेताहरू बेग्लै छलफलमा जुटेका छन् । बैठकबाट निस्केका सभामुखले पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन् ।

सभामुखसँगको वैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच छलफल चलिरहेको छ ।