विशेष अधिकार प्रयोग गर्ने तयारीमा सभामुख सापकोटा - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

विशेष अधिकार प्रयोग गर्ने तयारीमा सभामुख सापकोटा



काठमाडौँ- राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटाले संसद सचिवालयका महासचिव भरतराज गौतमसहित सचिवहरूसँग छलफल गरिरहेका छन् ।

त्यसपछि कानुन व्यवसायीसँग परामर्श लिने तयारी भइरहेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ । प्रतिनिधिसभा जोगाउनका लागि सभामुखलाई कस्ता अधिकार छन् भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

संविधानमा संसदलाई प्राप्त विशेष अधिकार प्रयोग गर्नेबारे परामर्श भइरहेको स्रोतले बताएको छ । प्रतिनिधिसभा विघटन भए पनि सभामुखको कार्यकाल अर्को निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिनसम्म कायम रहन्छ ।