प्रदेश नम्बर ५ : सभामुखमा घर्ति निर्वाचित
आचार्य प्रदीप
बुटवल । प्रदेश नम्बर ५ काे बुधवार भएकाे दाेस्राे बैठकबाट प्रदेशसभा ५ को सभामुखमाा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती
निर्विरोध चयन भएका छन् ।
सभामुख पदमा अरू कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् ।
बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अकौ सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए ।
सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार यस प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको छ । उपसभामुख भने नेकपा एमालेले पाउनेछ ।