पूर्वसभामुखसँग सभामुखको बैठक जारी: विशेषाधिकारबारे पनि छलफल हुने - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

पूर्वसभामुखसँग सभामुखको बैठक जारी: विशेषाधिकारबारे पनि छलफल हुने



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठात संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा ब्यापक छलफल र परामर्शमा छन् ।आइतबार मात्रै कानुनविद्सँग परामर्श गरेका सभामुख सापकोटाले आज पूर्वसभामुखसँग छलफल गरिरहेका छन्।

संसद भवन नयाँबानेश्वरस्थित भइरहेको छलफलमा पूर्वसभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती सहभागी छन्। तारानाथ रानाभाट भने भर्चुअल माध्यामबाट बैठकमा जोडिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

उनका अनुसार संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङ भने बैठकमा सहभागी छैनन्। सभामुख सापकोटाले एकै कार्यकालमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे सभामुखले परामर्श थालेका हुन्।

उनले यसअघि कानुन व्यवसायीसँगको परामर्शपछि प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताइसकेका छन्।

यसपछि सभामुख सापकोटाले संसदमा आफ्नो विशेषाधिकार बारे पनि छलफल गर्ने बताइएको छ ।