सभामुख लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर बीचबाटै फर्कियो
काठमाडाैँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा भिषण पहिरोले गाउँ नै बगाएपछी बाढी पीडित र घाईतेको उद्दारका लागि सिन्धुपाल्चोक जान उडेका सभामुख अग्निप्रसाद सापकोटा बीच बाटोबाटै फर्केका छन् ।
मौसम प्रतिकुल बनेपछि उनि चढेको हेलिकप्टर धुलिखेलको आकाशबाटै फर्काएर आकस्मिक अवतरण गरिएको बताइएको छ।
मौसम प्रतिकुलताका कारण सभामुख सवार हेलिकप्टर धुलिखेल बाट फर्कनुपरेको सापकोटाका प्रेस सल्लाहकारले बताएका छन् ।
सडक सम्पर्क टुटेपछि सभामुख सापकोटा सहितको टोलि हेलिकप्टरमा घटनास्थल जाँदै थियो ।बाढिग्रस्त क्षेत्रमा पुन वर्षा हुन लागेको छ ।