राष्ट्रपतिले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

राष्ट्रपतिले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएकी छन्। भण्डारीले आगामी आइतबार वा सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्न लागेको बताइएको छ ।

नेपालको इतिहासमै पहिलो पल्ट राष्ट्रपतिले राष्ट्रिय सभाको मात्रै बैठकलाई सम्बोधन गर्न लागेकी हुन् । बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले त्यसबारे संकेत गरेका थिए।

यसअघि राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा थियो। प्रतिनिधि सभा नभएकोले राष्ट्रिय सभामा राष्ट्रपतिले सम्बोधन गर्न लागेको बताइएको छ।

विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्न चाहेको जानकारी गराएका हुन् । राष्ट्रपतिले आइतबार वा सोमबार सम्वोधन गर्ने तिमिल्सिनाले समितिलाई जानकारी दिए ।

यद्यपि यो अभ्यास भने पहिलो पटक भएकोले दलहरुले पत्र प्राप्त भएपछि मात्र प्रतिक्रिया दिने बताएका छन्।