असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना



काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोलेका शब्द संसदीय र असंसदीय कुन कुन हुन् भन्ने हेर्न तीन महिना लाग्ने भएको छ ।

संसदमा बोलेका शब्दहरुलाई अभिलेखमा लिपिवद्ध गर्न तीन महिना लाग्ने भएपछि प्रधानमन्त्री ओलीले संसदमा बोलेका शब्दको लिखित अभिलेख हेर्न साउन महिनासम्म कुर्नुपर्ने भएको हो ।

वैशाख २४ गतेको संसद बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोस, कुण्ठा र निम्छरो शब्द प्रयोग गरेका थिए । उक्त शब्द संसदको रेकर्डबाट हटाउन कांग्रेसले माग गरेको थियो ।

विपक्षीको मागअनुसार सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउन निर्देशन दिएका छन् । सभामुखको निर्देशनपछि संसदले सोही अनुसार गृहकार्य अघि बढाएको छ । –नागरिक दैनिकबाट