यी हुन् सबैको सामु श्रीमतीको थप्पड खाने बलिउडका कलाकार - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

यी हुन् सबैको सामु श्रीमतीको थप्पड खाने बलिउडका कलाकार



एजेन्सी । फिल्मी दुनियाँका कलाकारहरु विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । त्यसमा पनि बलिउड कलाकारहरुका दैनिक जीवनमा घटेका अनेक घटनाहरु धेरैको चासोको विषय बन्ने पनि गर्छ ।

त्यस्तै केहि बलिउड कलाकारहरु जसले सबैको सामु श्रीमतीको थप्पड खाएका थिए ।

इमरान हाशमी र परवीन

‘किसर किङ्ग’ इमरान हाशमी बलिउडमा निकै चर्चित अभिनेता हुन् । बलिउड करियरमा उनले निकै चर्चित फिल्ममा काम गरेका छन् भने उनले आफ्नो सक्षम अभिनय मार्फत धेरैको मन पनि जितेका छन् ।

एकपटक उनकी पत्नीले उनलाई धेरै मानिसहरुको नै अगाडि थप्पड लगाएकी थिइन् । भने त्यहाँ उपस्थित कसैले पनि कुनै प्रतिकृया दिएका थिएनन् । भनिन्छ, इमरान पत्नीसँग निकै डराउँथे ।

अक्षय कुमार र ट्विंकल खन्ना

खेलाडी कुमारको नामले चिनिएका बलिउडका स्टार अक्षय कुमारले पनि पत्नी ट्विंकल खन्नाको थप्पड खाएका थिए । प्रियंका चोपडा र अक्षयबीचको घनिष्ठता खन्नालाई कत्तिपनि मन परेको थिएन त्यसकारण उनले पब्लिकमै उनलाई थप्पड लगाएकी थिइन् । यो कुराको खुलासा अक्षय आफैले एक अन्तरवार्तामा गरेका थिए ।

करण सिंह ग्रोवर र जेनिफर विंगेट

सुन्तरताका कारण निकै चर्चामा रहेकी अभिनेत्री जेनिफर अहिले सिंगल नै छिन् तर सम्बन्धविच्छेद अगाडि उनी करण सिंहसँग बैवाहिक सम्बन्धमा रहेकी थिइन् ।

उनीहरु जब एक अर्कासँग प्रेमसम्बन्धमा थिए त्यतिबेला जेनिफरले करणलाई थप्पड लगाएकी थिइन् ।