एक सय पाँच अंकले बढ्यो नेप्से, छायो सबैमा हरियाली - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

एक सय पाँच अंकले बढ्यो नेप्से, छायो सबैमा हरियाली



काठमाडौं । साताको पहिलो दिन शेयरबजार एक सय पाँच अंकले बढेको छ । नेप्सेका सबै परिसूचक हरियाली छाएको छ ।

आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंकको सूचक ६ दशमलव ५६ अंकले बढेको छ ।

आइतबार सबैभन्दा बढी निफ्रा जलविद्युत १० अंकले बढेको छ । आइतबार एक करोड २१ लाखभन्दा बढी शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ ।

सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै शेयरबजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।