सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता रहेको औँल्याए ।
राष्ट्रिय सेवा दलको १३ औँ कवाज दीक्षान्त समारोहमा शुभकामना मन्तव्य राख्दै उनले देश विकास नै अबको लक्ष्य र उद्देश्य भएको प्रष्ट्याए ।
सिनियर डिभिजन कमान्डरहरू सगरमाथा, गौतम बुद्धको देश भएको चर्चा गर्दै उनले सदाचार र सुशासन आफ्नो लक्ष्य भएको प्रष्ट्याए ।