बेवारिसे अवस्थामा पुरुषको शव फेला - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

बेवारिसे अवस्थामा पुरुषको शव फेला



कैलाली । कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

जिल्लाको गोदावरी नगरपालीका- १२ स्थित रातापानी सामुदायिक बन भित्र रुखमै सडेको अवस्थामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अन्दाजी ४० /४५ बर्षका पुरुषको जङगल भित्र झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको पहिचान हुन नसक्दा उक्त शव सेती प्रादेशिक अस्पताल धनगढीको लास घरमा राखिएको प्रहरी जनाएको छ ।