ट्रम्पले भने: अमेरिकामा अझै ६० हजारको मृत्यु हुनसक्छ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

ट्रम्पले भने: अमेरिकामा अझै ६० हजारको मृत्यु हुनसक्छ



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण अझै ६० हजारसम्मको मृत्यु हुने अनुमान गरेका छन्।

सोमबारको ह्वाइटहाउस प्रेस ब्रिफिङमा उनले अझै ५० देखि ६० हजार अमेरिकीको मृत्यु हुने अनुमान गरेका हुन्।

उनको यो अनुमान यसअघि अमेरिकी सरकारले गरेको भन्दा निकै कम हो। यसअघि अमेरिकामा कोरोनाबाट २ लाखसम्मको मृत्यु हुने अनुमान गरिएको थियो।

अमेरिकी सरकारका स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले १ लाखभन्दा बढी अमेरिकीको मृत्यु कोरोनाबाट हुन सक्ने बताएका थिए ।

सोमबार बेलुकासम्ममा अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ४१ हजार ५ सय ७५ पुगेको छ भने ७ लाख ७६ हजारभन्दा बढी संक्रमित छन्।