आजदेखि निषेधाज्ञा खुकुलो: यी सात कुरा बाहेक सबै खुल्ला - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

आजदेखि निषेधाज्ञा खुकुलो: यी सात कुरा बाहेक सबै खुल्ला



काठमाडौं- कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजबाट १० दिन निषेधाज्ञा थपिएको छ। ३१ जेठसम्म लम्ब्याइएको निषेधाज्ञा केही खुकुलो पारिएको छ।

कोरोनाभाइरसको संक्रमण नघटेकाले निषेधाज्ञा थपिए पनि केही खुकुलो पारिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। दुई दिन अघि बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको थियाे।

काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू भएको हो। एक-एक साता थपिँदै आएको निषेधाज्ञा यो महीनाभरी रहने भएको छ।

निषेधाज्ञाका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार पहिलेको भन्दा आजबाट शुरू हुने निषेधाज्ञामा केही सजिलो हुने भएको छ। गता साताको निषेधाज्ञामा कडाइ गरिएको थियो।

अब के खुल्छन्?

१) औषधि पसल (दिनभरी), २) खाद्यान्न पसल (बिहान ९ बजेसम्म), ३) तरकारी तथा फलफूल पसल (बिहान ९ बजेसम्म), ४) किरान पसल, डिपार्टमेन्ट स्टोर तथा ग्रोसरी (बिहान ९ बजेसम्म, ५) दूध, मासु पसल (बिहान ९ बजेसम्म), ६) खानेपानी, ग्यास पसल (बिहान ९ बजेसम्म)
७) वर्कसप (राति ९ देखि बिहान ९ बजेसम्म), ८) तरकारी तथा खाद्यान्न ढुवानी (राति ९ देखि बिहान ९ बजेसम्म), ९) सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, १०) अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल जान पाउने, ११) निर्माण सामग्री ढुवानी (राति ९ देखि बिहान ४ बजेसम्म), १२) विवाह ( ७ जना सहभागी, एउटा गाडी चलाउन पाउने), १३) बिरामी र कुरुवाले आवतजावत गर्न पाउने, १४) एम्बुलेन्स, अत्यावश्यक सवारी साधान चल्न पाउने

के खुल्दैनन्?

१) सार्वजनिक सवारी साधन, २) शैक्षिक संस्था, ३) सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाच घर, क्लब, स्वीमिङ पुल, जिमखाना आदि
,४) पुस्तकालय, संग्रहालय, चिडियाखाना, ५) ब्युटिपार्लर, शैलुन, ६) सभा, समारोह, गोष्ठी, सार्वजनिक स्थलमा भीडभाड बन्द, ७) सांस्कृतिक, धार्मिक गतिविधि बन्द।