साँइ कृपा चेरिटेबल ट्रस्टमा नयाँ कार्य समिति ,अध्यक्षमा खत्री - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

साँइ कृपा चेरिटेबल ट्रस्टमा नयाँ कार्य समिति ,अध्यक्षमा खत्री



अर्जुन खनाल  /नयाँ दिल्ली ,माघ १९ 

भारतको राजधानी दिल्लीमा रहेको श्री साँइ कृपा चेरिटेबल ट्रस्टले नयाँ कार्यसमितिको  चयन गरेको छ ।मंगलबार साँझ  नेपाल आवाज पत्रीकाको सभाहलमा पत्रकार सम्मेलन गरि नयाँ कार्यसमितिको घोषणा गरेको हो ।

उक्त कार्यसमितिमा पिताम्बर खत्रीको अध्यक्षतामा १३  सदस्ययीय कार्यसमिति गठन भएको छ जसमा  उपाध्यक्षमा सन्दिप भाट, महासचिवमा बिष्णु खड्का, सचिवमा विष्णु पौडेल, कोषाध्यक्षमा गोपाल पाण्डे, मिडीया विभाग प्रमुखमा बिष्णु के. सी., सेक्युरिटि तथा अनुसाशन विभाग प्रमुखमा भानु बन्जाडे, बजार ब्यवस्थापन विभाग प्रमुखमा सुरेन्द्र पाण्डे, साँस्कृतिक विभाग प्रमुखमा राजु परियार, सदस्यहरुमा ओ. पि. शर्मा, माधव पाण्डे, रामचन्द्र खड्का र राजु भाट रहेकाछन ।

नवनिर्वाचित अध्यक्ष पिताम्बर खत्री

साँस्कृतिक फाँटको कार्यक्रम गर्दा केवल साँस्कृतिक क्षेत्रलाइ मात्र महत्व नदिएर सामाजिक कार्यहरु जस्तै अनाथ बालबालिकाहरुलाई कपडा, कम्बल र ब्यागहरु जस्ता उपभोग्य बस्तुहरु वितरणको कार्य विशेष महत्वको कार्यक्रम रहेको उपस्थित अथिति बताएका  थिए ।

महासचिव बिष्णु खड्काले संचालन गरेको कार्यक्रममा निर्वाचित कार्यसमितिको घोषणा भने  एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका महासचिव मोहन कार्कि र नेपाल आवाज पब्लिकेशनका अध्यक्ष देबेन्द्र कुँवरले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका भारत शाखाका महासचिव गोबिन्द पोख्रेल , देबेन्द्र कुँवर, मोहन कार्कि, चेम्बरका उपाध्यक्ष राम नेपाल, सुपा देउराली टुर एण्ड ट्रावल्सका अध्यक्ष हरि भट्टराइ र सगरमाथा चेरिटेबल ट्रस्टका अध्यक्ष दिल ब. खत्री विशेष अतिथिको रुपमा रहेका थिए ।

संस्थाका उपाध्यक्ष सन्दिप भाटले स्वागत मन्तब्य दिएको सो कार्यक्रममा देबेन्द्र कुँवर र मोहन कार्किले शुभकामना मन्तब्य दिदै उल्लेखनी कार्यका लागि अग्रसर हुनुपर्ने वताएका थिए ।

निवर्तमान अध्यक्ष बिष्णु के. सी. ले सँस्थाले विभिन्न समयमा गरेका उल्लेखनीय कामहरुको विवरण सम्बन्धमा जानकारी गराउदै मन्तब्य दिने क्रममा भूकम्पको बेला नेपालका विभिन्न गाउमा टिम गएर राहत सामाग्री वितरण गरेको कुरालाई  स्मरण गराएका थिए  ।

उक्त सस्थाले  समाजसेवी शेखर कुँवर, नेपाल आवाज पत्रिकाका संचालक देबेन्द्र कुँवर, चेम्बरका कोषाध्यक्ष विन बहादुर के. सी., ललित जि. सी., जे. बि. थापा, प्रितम खत्री, बि. के. कृष्ण र सुमित्रा नेपालीलाई सल्लाहाकारको रुपमा नियुक्त गरेको हो ।