सागर माथि कविता - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

सागर माथि कविता



दिलीप पराजुली/दोहा कतार

अनेसास – नवोदितको ७८ औँ वाचन डबली “सागरमा साहित्य“ शीर्षकमा दोहाको कर्नेस स्थित समुन्द्रमा डुङ्गामा सयर गर्दै भव्यताका साथ सम्पन्न भएको छ ।

कतारमा रहेका साहित्यिक सस्थाले गर्दै आएका डबली हरेक महिनाको दोस्रो शुक्रवार सम्पन्न गर्दै आए पनि यो डबली विशेष बनेको अनेसास कतारका महासचिव मणि पौडेलले बताए । विगत लामो समयदेखि दोहामा साहित्य सिर्जना गर्दै आएका अनेसास नवोदितका पूर्व विशिष्ट श्रोता विनोद खड्काले सागर माथि रचना वाचन गर्न पाउँदा एकदम रमाइलो अनुभव रहेको बताए ।

कार्यक्रममा डेढ दर्जन भन्दा बबढीले आफ्ना सृजना पस्केका थिए । माधव पौडेलको गजल बाट सुरु भएको कार्यक्रममा अनिल कुमार बिस्ट, मणि पौडेल, रूप रसाइली, हरिविनोद अधिकारी, सिताराम थापा, सन्तोष अधिकारी, राजन राई, प्रेम प्रसाद भट्टराई, विनोद खड्का, बिन्दा लामा, माया के.सी, सुरेश परियार, चक्र कार्की, दिलीप पराजुली, लेख कार्की, ,श्यामराज रानाभाटले गजल तथा कविता वाचन गरेका थिए । करिब तीन घण्टा चलेको डबलीमा प्रेम दिवस नजिकिँदै गर्दा गजल तथा कविता स्रिंगारिक भावमा प्रस्तुत भएका थिए ।

कार्यक्रममा नबोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष लेख कार्कीको गीति एल्बम “कुसुम“ को नेपालमा रिलिज भएको केही बेरमा नै वसन्त फिल्म परिवार र कार्कीले संयुक्त रूपमा पहिलो पटक उद्घाटन गरिएको थियो । कुसुम कार्कीको दोस्रो गीत रेकर्ड भएको हो । कार्यक्रममा विशिष्ट श्रोताको रूपमा नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष क्रिम बक्स मिया रहेका थिए भने डबलीको सञ्चालन चक्र कार्कीले गरेका थिए । कार्यक्रमको अन्त्यमा विशिष्ट श्रोता मियाले लामो समय देखी चलिरहेको डबलीमा पहिलेको तुलनामा साहित्य विकास भएको बारे जानकारी दिए । पत्रकार र साहित्यकार आपसका परिपूरक भएकाले पनि सधैँ साथ र सहयोग रहने बताए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।