युक्रेनको किएभ र चेर्निहिभबाट फिर्ता भयो रुसी फौज - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

युक्रेनको किएभ र चेर्निहिभबाट फिर्ता भयो रुसी फौज



काठमाडौं- अमेरिकी रक्षा अधिकारीले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ता भएको जनाएको छ। रुसी फौज किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको पेन्टागनका एक अधिकारीले बताएका छन्।

किएभ र चेर्निहिभ वरपर रुसी फौज नदेखिएको पेन्टागनका प्रवक्ता जोन किर्बीले बताए। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल’ गरेको दाबी गरेका छन्।

पुटिनले थोरै जनसङ्ख्या भएका केन्द्र मात्र नियन्त्रणमा लिएको उनले बताए। उनीहरूले खार्किभ पनि लिन सकेको जोनको दाबी छ।

पेन्टागनका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा रुसी फौजहरू भविष्यमा किएभतर्फ फर्कन सक्ने बताएका छन्।

इन्स्टिच्युट फर स्टडी अफ वारले किएभबाट फर्किएको रुसी सेनाले ‘केही समयसम्म पुनः सैन्य प्रभावकारिता हासिल गर्ने सम्भावना कम’ रहेको बताएको छ।

समाचार एजेन्सी एपीले अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै युक्रेनबाट कम्तीमा २४,००० रुसी फौज फिर्ता भएको जनाएको छ।