युक्रेनमा झण्डै १५ हजार रुसी सैनिक मारिए - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

युक्रेनमा झण्डै १५ हजार रुसी सैनिक मारिए



किभ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता झण्डै १५ हजार रुसी सैनिक मारिएको युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् ।

रुसले गएको फेब्रुअरीमा २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

युक्रेनको जनरल स्टाफको फेसबुक पेजमा पोस्ट गरिएको अपडेटमा २५ दिनको लडाइमा १४ हजार सात सय रुसी फौज मारिएको अधिकारीहरूले बताएका छन् ।

द्वन्द्वमा लगभग ४७६ ट्याङ्क, दुई सय भन्दा बढी लडाकु विमान, हेलिकप्टर र ड्रोन र एक हजार ४८७ बख्तरबन्द सैनिक तथा कर्मचारी बाहकसहित ठुलो मात्रामा सैन्य सामग्री नष्ट भएको दाबी गरिएको छ ।

यस तथ्याङ्कलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । यद्यपि, रुसले महत्वपूर्ण क्षति भोगेको पश्चिमी स्रोतहरूको विश्वास छ ।

अमेरिकी रक्षा अधिकारीहरूले कम्तीमा सात हजार रुसी सेनाहरू मारिएका र २१ हजार घाइते भएका अनुमान गरेका छन् । बीबीसीबाट