रसिया विश्वकप: २९ वटा खेलमा के के भयो हेर्नुहोस - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

रसिया विश्वकप: २९ वटा खेलमा के के भयो हेर्नुहोस



मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका २९ खेलहरु सकिएका छन् ।

समूह चरण अन्तर्गत दोस्रो राउण्डका खेलहरु जारी रहँदा ५ टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा ६ टोली एक खेल बाँकी रहँदै प्रतियोगिताको बाहिरिएको छ ।

समूह ‘ए’ बाट आयोजक रसिया र उरुग्वेले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । यो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् । समुह ‘बी’ बाट स्पेन र पोर्चुगलले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउदा मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘सी’ बाट फ्रान्सले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा डेनमार्कले दोस्रो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । यो समूहबाट पेरु बाहिरिएको छ । समूह ‘डी’ बाट क्रोएसियाले नकआउट चरणमा स्थान बनाएको छ । यो समूहबाट अर्जेन्टिना, आइसल्यान्ड र नाइजेरियाको नकआउट चरण पुग्ने सम्भावना जीवितै बनेको छ ।

समूह ‘ईं’ बाट कोस्टारिका बाहिरिदा ब्राजिल, स्वीट्जरल्यान्ड र सर्वियामध्ये दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछ । समूह चरणका अन्तर्गत आज राति दोस्रो राउण्डका अन्तिम खेलहरु हुदैछ । समूह ‘एच’ मा आज इंग्ल्यान्डले पानामासँगसाँझ ५ः४५ बजे खेल हुनेछ । समूह ‘जी’ अन्तर्गत राति ८ः४५ बजे जापान र सेनेगल तथा पोल्यान्डर र कोलम्वियाबीच राति ११ः४५ बजे खेल हुनेछ ।

समूह चरण (पहिलो राउण्ड)

खेल नम्वरः २९

१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)

गोल सङ्ख्याः ७१ गोल
पहिलो हाफः २६ गोल
दोस्रो हाफः ४५ गोल

पेनाल्टी गोलः ११ गोल (रोनाल्डो–पोर्चुगल), (जेडिनाक– २ गोल–अष्ट्रेलिया), (ग्रिजम्यान–फ्रान्स), (लुका मोड्रिक–क्रोएसिया), (एन्ड्रियस ग्राङभिष्ट–स्वीडेन), (सिन्जी कागवा–जापान), (मोहम्मद सलाह–इजिप्ट), (सासी–ट्युनिसिया), इडेन हजार्ड–बेल्जियम) र कार्लाेस भेला–मेक्सिको
पेनाल्टी मिसः ३ गोल (मेस्सी–अर्जेन्टिना, क्रिष्टियन कुयुभा–पेरु र गिल्फी सिगुर्डसन–आइसल्याण्ड)

फ्रिकिक गोलः ४ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी)
आत्मघाती गोलः ५ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया)

पहेलो कार्डः ८६
रातो कार्डः २ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान र जेरेमी बोटिङ–विरुद्ध स्वीडेन, दोहोरो पहेलो)

ह्याट्रिकः १ (रोनाल्डो, पोर्चुगलविरुद्ध स्पेन)
सव्सिच्युट खेलाडीको गोलः ४ गोल (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया) र मिचेयी बात्सुयायी–बेल्जियम)

सर्वाधिक गोलकर्ताः ४ गोल (क्रिष्टियानो रोनाल्डो–पोर्चुगल), (रोमेलु लुकाकु–बेल्जियम)
३ गोल (डेनिस चेरेसेभ–रसिया, डिएगो कोष्टा–स्पेन)
२ गोल (रोमेलु लुकाकु–बेल्जियम ह्यारी केन–इंग्ल्याण्ड र अर्टिम ज्युुभा–रसिया, जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया, फिलिपे कौटिन्हो–ब्राजिल, अहमेद मुसा–नाइजेरिया, इडेन हजार्ड–बेल्जियम)