जापानले लगायो रुसमाथि थप कडा प्रतिबन्ध - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

जापानले लगायो रुसमाथि थप कडा प्रतिबन्ध



काठमाडौं– जापानले रुसमाथि लगाएको प्रतिबन्ध थप कडा बनाएको छ । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर आफ्ना नागरिकलाई रुसको यात्रा नगर्न आग्रह गरेको छ ।

विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाउँदै आफ्नालाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ।

जापानी विदेश मन्त्रालयले रुसमाथि लगाइएको प्रतिबन्धलाई ‘अझै बलियो’ बनाउन सकिने पनि जनाएको छ। हाल रुसमा २ हजार ४ सय जापानी नागरिक रहेको मन्त्रालयको तथ्यांक छ।

रुसको अपरेशनको प्रतिक्रियामा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन।् जसमा धेरै रूसी अधिकारीहरू, संस्थाहरू, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द गर्ने र प्रतिबन्धात्मक उपायहरू समावेश छन्।