कोरोनाविरुद्ध खोप बनाएको रुसमा ह्वात्तै बढ्न थाले संक्रमित - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

कोरोनाविरुद्ध खोप बनाएको रुसमा ह्वात्तै बढ्न थाले संक्रमित



काठमाडौं- कारोना भाइरसविरुद्धको खोप निर्माण गरेको र सो खोप निकै प्रभावकारी भएको बताउंदै आएको रुसमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेका छन् ।

रुसी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ७१७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए ।

रुसमा बिहीबारसम्म कुल सङ्क्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना सङ्क्रमित भएका थिए ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो । रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ ।

रुसले कारोना भाइरसविरुद्धको खोप निर्माण गरेको बताउँदै आएको छ । सो खाेप सर्वसाधारणमा लगाउन थालिएको बताइएपनि संक्रमित भने थपिने क्रम जारी छ ।