रुसका २६ हजार सेना युद्ध लड्न नमानेर युक्रेनबाट फर्किए - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

रुसका २६ हजार सेना युद्ध लड्न नमानेर युक्रेनबाट फर्किए



किभ । युक्रेनको रक्षा मन्त्रालयले रुसले दोन्बासमा आफ्ना करिब २६ हजार सेनालाई युद्धका लागि परिचालन गर्न असफल भएको दाबी गरेको छ । मन्त्रालयका अनुसार सो फौज ‘तोपको शिकार’ हुन सक्ने सम्भावित खतरालाई लिएर डराइरहेको छ ।

युक्रेनको आश्चर्यजनक कडा प्रतिवादमा रुसका थुप्रै उच्च पदस्थ सैनिक अधिकृतहरूले ज्यान गुमाइसकेका छन् । नयाँ भर्ती गरिएका फौज युद्धमा मारिएला भनेर निकै डराउने गरेकाले रुसले उनीहरूलाई परिचालन गर्न नसकिरहेको युक्रेनको रक्षा मन्त्रालयले शुक्रबारको प्रेस ब्रिफिङको क्रममा सैनिक गुप्तचरलाई हवाला दिँदै जानकारी दिएको हो ।

युक्रेनी रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल ओलेक्सान्दर मोतुज्यानिकले भनेका छन्, “१८ देखि ६५ वर्ष उमेर समूहका रुसी सेनाहरूले युक्रेनी फौजको तोपको शिकार नहुनका लागि युद्धमा भाग नलिने हरसम्भव प्रयास गरिरहेका छन् ।”

युक्रेनी रक्षा मन्त्रालयले अहिलेसम्म आफूले करिब २० हजार रुसी फौज मारिसकेको दाबी गरेको छ । तर यो तथ्याङ्कको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।

मोतुज्यानिकले पत्रकारहरूलाई भनेका छन्, “ती सम्भावित फौजलाई कब्जामा लिइएका भूभागमा नियन्त्रण कायम राख्नु, सडक तथा सैनिक परिसरहरूका सुरक्षा दिनु र प्रतिरक्षा स्थितिलाई सुधार गर्नुपर्ने जस्ता कर्तव्य निभाउनुपर्ने बताइएको छ । तर वास्तविकता भने अर्कै छ । उनीहरूलाई मारिएका अन्य योद्धाका स्थानमा खटाइन लागेको हो ।”

पछिल्लो समयमा युक्रेनमा रहेका रुसी फौजमा आत्मवल घटिरहेको खबरहरू बाहिर आउन थालेका छन् । रुसी राष्ट्रिय फौजलाई प्रतिनिधित्व गर्ने वकिल तथा युक्रेनमा जान अस्विकार गरेकै कारण जागिरबाट निकालिएका मिखाइल बेन्यासले युद्धबाट पन्छिने उपाय सुझाउन आफूलाई सयौँ मानिसले सम्पर्क गरिरहेको फाइनान्सियल टाइम्सलाई बताएका छन् ।