रुसमा कोभिडको बेहाल: मृत्यु हुनेको संख्या हालसम्मकै उच्च - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

रुसमा कोभिडको बेहाल: मृत्यु हुनेको संख्या हालसम्मकै उच्च



काठमाडौं- रुसमा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक एकै दिन एक हजार मानिसको कोभिड १९ का कारण ज्यान गएको छ।

शनिबार रुसमा कोरोना भाइरसको महामारीका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हप्ताभर नै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा देखिएको छ। नागरिकहरुले खोप लगाउन आनाकानी गरेका कारण मृत्यु हुनेहरु बढेको रुस सरकारले बताएको छ।

रुसमा अहिलेसम्म कोभिड १९ का कारण दुई लाख २२ हजार भन्दा बढीको ज्यान गएको छ ।