रुसी परराष्ट्रमन्त्रीले भने: अमेरिकाले चीनलाई घेर्दैछ - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

रुसी परराष्ट्रमन्त्रीले भने: अमेरिकाले चीनलाई घेर्दैछ



एजेन्सी- रुसी परराष्ट्रमन्त्री सर्गे लभारोभले अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको रणनीति भएको आरोप लगाएका छन् ।

उनले विद्यमान संरचनालाई भताभुंग बनाउन तथा चीनलाई घेर्नका लागि यसको शुरूआत गरिएको बताएका हुन् ।

भारतको दिल्लीमा आयोजित राइसिना डायलोगमा उनले मूढेबल लगाएर समतामूलक लोकतान्त्रिक व्यवस्थालाई प्रभावित पार्न नसकिने बताए ।

लाभरोभले भारत र ब्राजिल पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य बन्नुपर्ने विषयमा समर्थन गरे ।

उनले अमेरिकाले चयन गरेको शब्दमा नै त्रुटि भएको भन्दै कुनै पनि शब्दावली एकताबद्ध गर्ने किसिमको हुनुपर्ने समेत तर्क गरे ।