रुपन्देहीमा सडक भासियो: राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

रुपन्देहीमा सडक भासियो: राजमार्ग अवरुद्ध



काठमाडौँ- पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० चरंगेमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । डाइभर्सन गरेको ठाउँमा सडक भासिएको हो ।

राजमार्ग विस्तार गर्ने क्रममा पुल बनाउन सो ठाउँमा ९ वटा पाइप राखी कल्भर्ट बनाइएको थियो । जंगलबाट आएको पानी पस्दा डाइभर्सन भासिँएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार दिउँसो पानी पसेपछि पाइप राखिएको ठाउँमा भत्किएर सडक भासिएको हो । निषेधाज्ञा रहे पनि अत्यावश्यकका सामान बोक्ने सवारी साधन गुडिरहने भएकाले डाइभर्सन बनाइएको थियो ।

सडक अवरुद्ध हुँदा सवारी साधन आवत जावतमा समस्या भएको छ ।