रुपन्देहीमा पनि निषेधाज्ञा तोड्ने व्यवसायीहरूको चेतावनी - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

रुपन्देहीमा पनि निषेधाज्ञा तोड्ने व्यवसायीहरूको चेतावनी



काठमाडौं- व्यवसायीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा नमान्ने चेतावनी दिएका छन् ।

लामो समयको लकडाउन र निषेधाज्ञाका कारण उद्योग क्षेत्रमा नराम्रो असर परेको भन्दै उनीहरूले अब सरकारले गर्ने यस्ता प्रकारका निर्णयविरुद्ध आल्दोलित हुने चेतावनी दिएका हुन् ।

निरन्तरको लकडाउनले बैंकको ऋण, व्याज र किस्ता तिर्न नसक्ने, घरभाडा, विद्युत, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरु भुक्तानी गर्न नसक्ने अवस्था आएको गुनासो उनीहरुको छ ।

यस्तै कच्चापदार्थ र तयारी वस्तु ओसारपोसारमा समेत समस्या भएको पनि उनीहरूले गुनासो गरेका छन् ।

रोगले भन्दा भोकले समस्या भयाभह हुने भन्दै कोरोना रोकथामका लागी बन्दबन्दी मात्र समाधान नभएकोे व्यवसायीको तर्क छ ।

उद्योग व्यापार संगठन रुपन्देहीले विज्ञप्ती जारी गरी भदौ २१ गतेदेखि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ ।

अब नगरपालिका र जिल्ला प्रशासनसंग समन्वय गरि व्यवसाय खोल्नको लागि सूचना समेत जारी गरिने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताएका छन् ।