रुपन्देहीका आशुतोषको भारतमा अज्ञात समूहद्वारा गोली लागि हत्या - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

रुपन्देहीका आशुतोषको भारतमा अज्ञात समूहद्वारा गोली लागि हत्या



भारत  उत्तर प्रदेशको नोयडामा रुपन्देहीका आशुतोषको आईतवार साँझा  अज्ञात समूहद्वारा गोली हत्या गरिएको छ ।भारतीय   दैनिक पत्रिका जागरणका अनुसार आशुतोष नोयडा सेक्टर ६३मा गार्मेन्ट फ्याक्ट्रीमा गार्डको काम गर्दै आएका थिए ।

आईतवारको दिन बिदा भएकोले  फ्याक्ट्रीमा धेरै कामदार नभएको  बताईएको छ यद्धपि आशुतोषको डिउटी बिहान ८ बजे  देखि   राति ८ बजे सम्म रहेको बताईएको छ ।करिब ७:३० बजे अर्को गार्ड आउदा फ्याक्ट्रीको ढोका खुल्लै , समान छरपस्ट भएको  र भित्र यौटा कोठाको  कुनामा आशुतोषको मृत शरीर  फेला परेको थियो ।

मूल प्रवाहाका ठाकुर खनालले सामाजिक संजालमा उक्त घटना राखे लगत्तै उहालाई सम्पर्क गरेका थियौ उहाले जनाकारी पाए अनुसार  ‘पहिला बुटवल बासी भनिएको अहिले छानबिनको क्रममा कपिलवस्तु आर्मी बैराज र पुलिस थानाको नजिक घर भएको ,पर्वत जिल्लाबाट बसाई सराइ गरि कपिलवस्तु आएको र नेपाल प्रहरीमा काम गरेको ,द्वन्द्वकालमा नोकरी छोडेर भारत पसेको , केहि समय माओवादीमा समेत रहेको ,निजको   बुवा र श्रीमती देवयन्ती देवी शिक्षण पेसामा रहेको , छोराको नाम अभिषेक रहेको  एक जना  कुनै बेला भारतमै संगै बसोबास गर्ने साथीको माध्यमबाट जानकारी आएको बताउनु भएको छ  ।

यदि जो कसैले पनि उहाको परिवारलाई चिन्दछ उक्त व्यक्तिले  दिल्लीको नम्बर 9910535711 वा  हिमाल पोस्टमा सम्पर्क गरी   जानकारी  दिन सक्नु हुनेछ ।