रुपन्देहीको जंगलमा आमा छोरीको शव भेटियो - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

रुपन्देहीको जंगलमा आमा छोरीको शव भेटियो



बुटवल- रुपन्देहीको जंगलमा आमाछोरीको शव भेटिएको छ । देवदह प्रहरीका अनुसार घोडाहा जंगलमा दुई जनाको शव फेला परेको हो ।

मंगलबार दिउँसो देवदह नगरापलिका–९ मा रहेको घोडाहा जंगलमा एक जना महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव फेला परेको जनाइएको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा बालिकाको घाँटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने बताइएको छ । उनीहरू आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

शवको पहिचान हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।