रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, पुल समेत भासियो - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, पुल समेत भासियो



रुपन्देही । लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायत धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोलानालामा पानीको बहाव बढेपछि डुबान सुरु भएको हो ।

वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायत क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । “अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण संकलन गरिहेका छौँ,” उनले भने ।

यसैगरी, बिहीबार बेलुकादेखि परेको अविरल वर्षात्का कारणका पूर्वपश्चिम लोकमार्गको देवदह–७, शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताए ।

पुल भासिएपछि बुटवलतर्फबाट जाने र आउने सवारीसाधन सडकमै रोकिएका छन् । रासस