रूपन्देहीको पेट्रोल पम्पमा भिषण आगलागी
बुटवल- रूपन्देहीको एक पेट्रोल पम्पमा आगलागी भनेको छ । रूपन्देहीस्थित गैंडहवा वडा नं ७ नन्दनगरस्थित आशिष पेट्रोल पम्पमाआगलागी भएको हो।
आईतवार साँझ पम्पमा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय राजकुमार चौधरीले सञ्चालन गर्दै आएको उक्त पम्पमा साँझ आठ बजे अचानक आगलागी भएको प्रहरीको भनाई छ ।
हाल दुई वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ । पेट्रोलपम्पको ट्याङ्कीमै आगलागी भएकोले नियन्त्रणमा लिन कठिनाई भएको प्रहरीले जनाएको छ ।
पम्पको तेल भण्डारण गर्ने ट्याङ्की र ट्याङ्करमा समेत आगलागी भएको बताइएको छ । आगलागीमा परी एक जना घाइते भएको बताइएको छ ।