रुन्चे दिपिका - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

रुन्चे दिपिका



एजेन्सी-: फिल्मका कथामा अभिनेत्रीहरू यति भावुक अभिनय गर्छन् कि नरोई कहाँ सुख पाइन्छ र ? तर जब वास्तविक जिन्दगीमा पनि उनीहरूको रुने दिन आउँछ तब कथाले अर्कै मोड लिन्छ।

बलिउडमा पनि धेरै अभिनेत्रीको रुने दिन आएको छ। शनिबारको दिन बलिउडका केही अभिनेत्रीका लागि निकै दुःखद रह्यो। त्यसमध्ये एक थिइन्, दीपिका पादुकोण। नार्कोटिक्स सेन्ट्रल ब्युरो (एनसीबी)सँग सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताइएको छ।

दीपिका तीन÷तीनपटक रोएपछि एनसीबीका अधिकारीले उनलाई इमोसनल कार्ड नखेल्न सल्लाह दिएका थिए। एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे। दीपिकाले सबै कुरा साँचो बोले मात्रै उनका लागि राम्रो हुने बताइयो। उनको मोबाइलसमेत जफत गरिएको छ।

दीपिकाले च्याटमा सहभागी भए पनि आफूले लागूऔषध सेवन गरेको तथा ओसारपसार गरेको आरोप अस्वीकार गरेकी छन्।