रूकुम पश्चिम एमालेमा पनि नेकपा (एस)को कब्जा
काठमाडौँ – नेकपा एमाले रूकुम पश्चिम जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् ।
साविक एमाले जिल्ला कमिटी अध्यक्ष विमलकुमार पुनले एमालेको सिंगो जिल्ला कमिटी नै नेकपा एसमा समाहित भएको दाबी गरे ।
पुनकाअनुसार एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।
एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँचजना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । बाँकी सदस्यमध्ये अधिकांश सदस्य नेकपा एसमा खुलेको उनको भनाइ छ ।