अब के हुन्छ सोती घटना ? आजदेखी दुबै पक्षका वकिलले बहस गर्दै - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अब के हुन्छ सोती घटना ? आजदेखी दुबै पक्षका वकिलले बहस गर्दै



रुकुम पश्चिम/हिमाल पोस्ट संवाददाता

६ जनाको ज्यान जानेगरी भएको सोती चौरजहारी घटनाको आजदेखि रुकुम अदालतमा बहस सुरू हुँदैछ । बिहिबार बयान सकीएपछि दुबै पक्षका कानुन ब्यबसायीले शुक्रबारदेखि बहस गर्दैछन ।

२७ जना अभियुक्तको बयान सकिन ३ दिन लागेको अदालतले जानकारी दिएको छ । आरोप लागेका २ जना बालबालिकाको भने सोमबार नै बयान र बहस सकिएको थियो ।

उनिहरुलाइ पुर्पक्षका लागि सुधार गृहमा पठाउन अदालतले आदेश गरिसकेको छ । उक्त आदेशका लागि पिडितको तर्फबाट सहन्यायधिवक्ता धुर्वराज ज्ञवाली, जिल्ला न्यायाधिवक्ता केशव चपाइं, जिल्ला सहन्यायाधिवक्ता बिनोद पौडेल, प्राइभेट कानुनव्यवसायीहरू वरिष्ठ अधिवक्ता डा. नवराज गौतम, अधिबक्ताहरु मोहन साशन्कर, आरसी गौतम, तेजेन्द्र पाण्डेय र मनिसा रोकायाले बहस गरेका थिए ।

त्यसैगरी प्रतिवादीका तर्फबाट अधिवक्ताहरु भुवनेश्वर उपाध्याय, गणेश हमाल, रत्नबहादुर खड्का र भक्तबहादुर मल्लले बहस गरेका थिए ।

बयान सकिएका बाँकी २७ जनालाई अब के गर्ने भन्ने निर्णय बहस पछि मात्र टुङ्गो लाग्नेछ । शुक्रवारदेखि हुने बहसमा प्राइभेट कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरु डा.नवराज गौतम र दिनेश त्रीपाठि अधिवक्ताहरु श्याम बिक, मोहन साशन्कर, आरसी गौतम, तेजेन्द्र पाण्डेय र मनिसा रोकाया लगायतले पिडितको तर्फबाट बहस गर्दैछन भने प्रतिवादीका तर्फबाट अधिवक्ताहरु भुवनेश्वर उपाध्याय, गणेश हमाल, रत्नबहादुर खड्का र भक्तबहादुर मल्ल लगायतले बहस गर्दैछन ।

गत १० गते भयको उक्त घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछूतको अपराध भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले आइतबार ३४ जना विरुद्द जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

३४ जना मध्ये ५ जना अभियुक्तहरु हालसम्म फरार रहेको र उनिहरुको अनुसन्धान जारी रहेको रुकुम पश्चिम प्रहरीले हिमालपोस्टलाई जानकारी दिएको छ । जातिय भेदभावको कारण घटना भएको भन्दै जाजरकोट र रुकुम पश्चिममा स्थानीयले दैनिक आन्दोलन गर्दै आइरहेका छन । उक्त घटनामा जाजरकोटका नवराज विक सहित ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भयका थिए ।